सामाजिक तथा आर्थिक परिर्वतनका लागि लघुवित्तको भूमिका महत्वपूर्ण : मन्त्री अर्याल

 

काठमाडौं, साउन २८ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरिबी घटाई आत्मर्निभर र व्यवसायिक बनाउन लघुवित्तको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा लघुवित्त विषयक कार्यक्रममा उनले सामाजिक तथा आर्थिक परिर्वतनका लागि लघुवित्तको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

ऋण कर्जाको महत्व ग्रामिण क्षेत्रमा हुने भएकाले लघुवित्तलाई ग्रामिणमुखी बनाउनु पर्नेमा उनले जोड दिइन् । साना, मझौला उद्योग सञ्चालन तथा महिला उद्यम विकासका लागि यसको महत्व हुने उनको भनाई थियो ।

मन्त्री अर्यालले लघु उद्यमशीलताको विकास गरी गरिबी निवारण गर्ने लक्ष्यमा सरकारले सहयोगी भूमिका खेल्ने बताइन् । स्वावलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले विपन्न परिवारको लागि लघु उद्यम आवश्यक रहेको बताइन् ।

कार्यक्रममा लघु उद्यमको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।
(ईमेजखबरबाट साभार)