सहकारी समृद्धिसंग जोडिनु पर्छ : उपसभामुख शर्मा
पोखरा, पुस २६ ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिसंग जोडिनु पर्ने बताएकी छिन् ।
सहकारीहरुको छाता संगठन कास्की वचत तथा ऋण सहकारी संंङघ लिमिटेडको १९ औं बार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै उनले सहकारीमा संकलन भएको रकम ऋणमा नभई उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताईन् ।
समाजका गरिवीको रेखामुनी रहेको वर्गलाई सहकारीको माध्येयबाट माथि उठाउन सहयोग गर्नुपर्नेमा जोड दिंदै उनले एक सहकारी एक उत्पादनलाई कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता औल्याईन् ।
“समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई सफल बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उपसभामुख शर्माले सिंचाई, पर्यटन, कृषि लगायतका क्षेत्रमा लागनी गरेर उत्पादन क्षेत्रमा जोड दिनुपर्ने विचार व्यक्त गरिन् ।
कार्यक्रममा नेफ्स्कुन सञ्चालक समितिका सदस्य कमला गिरी, उत्कृष्ट व्यवस्थापनतर्पm संगम बचत तथा ऋण सहकारी संस्थका अपिल कोइराला र जनसेवा वचत तथा ऋण सहकारी संस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
साधारण सभाले संस्थाका अध्यक्ष सुदिप ढकालद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद आचार्यद्धारा आर्थिक प्रतिवेदन पारित गरेको थियो । संस्थामा हाल २७६ संस्था आवद्ध रहेका छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, नेफ्स्कुनका निवर्तमान सञ्चालक भिमबहादुर गुरुङ, संघका उपाध्यक्ष भेषराज बराल, सचिव दिपकप्रकाश आचार्य कमला गिरी लगायतले सहकारीको महत्व एवम् वर्तमान अवस्थाका चुनौति बारेमा चर्चा गरेका थिए । (रासस)