‘सरकार नसच्चिए जनताले साथ दिदैनन्’: प्रवक्ता शर्मा

 

दाङ, मंसिर ८ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको शैली बदल्न काँग्रेसलाई मतको आवश्यक भएको बताएका छन् ।

दाङमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले अहिलेको निर्वाचनले सरकार बदल्ने नभइ सरकारको शैली बदल्ने भएकाले काँग्रेसको जितमा मात्र त्यो सम्भव हुने बताए ।

उनले उपनिर्वाचनको हारसँगै बालुवाटारमा चुनावी हारको समीक्षा हुने र त्यसपछि कम्युनिष्ट सरकार नसच्चिए जनताले साथ नदिने डर रहिरहने छ, त्यस कारणले पनि काँग्रेसलाई जिताउनु पर्ने उनको तर्क छ ।

प्रवक्ता शर्माले सरकार निर्वाचनप्रति गम्भिर नभएको समेत आरोप लगाएका छन् ।

सरकार आचारसंहिता पालना गराउन लाग्नुको सट्टा उल्टो आफ्नै दलका कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिता विपरीत गतिविधि गर्न लगाउनु दुखद घटना भएको आरोप लगाए ।
(ईमेजखबरबाट साभार)