समितिको प्रतिवेदन : नेपाली कामदारलाई प्राथमिकता नदेको, सामाजिक सुरक्षा कोष लागु नगरेको

 

काठमाडौं, माघ ५ ।

प्रतिनिधिसभा अन्तर्गत उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा औद्योगिक क्षेत्रको अनुगमन प्रतिवेदन बुझाएको छ ।

समितिका सदस्य प्रकाश रसाइलीको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उद्योगहरुमा नेपाली कामदारलाई प्राथमिकता नदिएको, सामाजिक सुरक्षा कोष लागु नगरेको पाइएको उल्लेख छ ।

यस्तै अधिकांश उद्योगहरु वातावरणमैत्री नरहेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनले उद्योगहरुमा नेपाली कामदारलाई प्राथमिकता दिदै उनीहरुको प्रोत्साहान हुने गरि आवश्यक कार्य अघि बढाउनुपर्ने सुझाव दिएको छ ।

गत मंसिर १५ गते गठन गरेको कार्यदलले बीरगञ्जलगायतका विभिन्न स्थानमा रहेको उद्योगहरुको अनुगमन र व्यवस्थापनसंग छलफल गरेको जनाएको छ ।
(ईमेजखबरबाट साभार)