सडक पार्किङको शुल्क लिन पाईंदैन, तत्काल अन्त्य हुनुपर्छः कार्की

पोखरा, पुस २४ ।
पोखरा उद्योग बाणिज्य संघको ३३ औं महाधिवेशनमा निर्वाचनको लागी उद्योग तर्फका प्रयासि उपाध्यक्ष गोकर्ण कार्कीले पोखराको सडकमा पार्किङ शुल्क घण्टाको हिसावले उठाउने गलत निर्णय भएकोले यस्तो प्रबृत्ति अन्त्य गर्न आवश्यक पहल गर्ने बताएका छन् । पोखरा औधोगिक क्षेत्र उद्योग संघले विहिबार पोखरामा आयोजना गरेको परिचयात्मक कार्यक्रममा वोल्ने उपाध्यक्षका प्रत्यासि कार्कीले निश्चित पार्कीङ थलो बनायर मात्र पार्किङ शुल्क लिनु पर्नेमा महानगरले सडकमै शुल्क उठाउने गरी ठेक्का दिनु गम्भिर गल्ति भएको बताउदै उक्त प्रबृत्तिको अन्त्यको लागि आवश्यक पहल गर्ने समेत बताएका हुन् ।
उनले भने, “हामी उद्योगी व्यवसायीको हकहितको लागि काम गर्न अग्रसर भएका छौं, मैले यस चुनावमा जिते पनि नजिते पनि यदि व्यवसायीहरुले विधि संगत उठाएका मुद्धामा कुनै पनि समयमा सामना गर्न तयार छु ।” एक व्यवसायी मिलनशंशेर राणाले सडकमा विना साइन वोर्ड गाडी पार्किङ गरेको घण्टाको ३० रुपैया शुल्क माग्दा दिन्न भन्दा ४÷५ जना केटाहरु आएर धम्काएकोे गुनासो गरे ।
पश्चिमाञ्चल अटो मोवाइल डिलर्स एशोसियसनका अध्यक्ष मोहनबाबु खड्काले कार्की राजनीतिक भन्दा फरक ढंगले व्यवसायीक संस्थामा आवद्ध हुने भएकोले आफुहरुले उनलाई जिताउन समर्थन गर्ने जनाए । बाणिज्य संघका सल्लाहकार चन्द्र राजभण्डारीले पोखराको जेठो संस्थाको पोखरा उद्योग बाणिज्य संघको गरिमा र संघको धुकुटीको खोजी गर्ने व्यक्तिलार्ई मात्र निर्वाचित गर्नु पर्ने राय व्यक्त गरे ।
कार्यक्रममा पोखरा उद्योग बािणज्य संघको कार्य समिति सदस्यका प्रत्यासि स्वतन्त्र उमेदवार उत्तममान बुद्धचार्यले आफु स्वतन्त्र रुपमा संघमा उमेदवारी दिएको जनाए । त्यसै गरी गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष राजन गोंगजुले बस्तुगत सदस्यमा उमेदवारी दर्ता गराएकोले व्यवसायीले आफ्नो पक्षमा निर्वाचन गर्न विश्वास व्यक्त गरे । पोखरा उद्योग बाणिज्य संघको ३३ र्औ महाधिवेसन भोलि र शनिबार पोखरामा हुने भएको छ । संघको निर्वाचनाको लागि दुई वटा प्यानलमा केही स्वतन्त्र ढंगबाट निर्वाचनको चुनामी मैदानमा उर्तिएका छन् ।