संघको गरिमालाई उँचो बनाउने मेरो अभियान–अधिकारी

पोखरा, भदौ ३० ।
उज्यालो विकासको सूचक । परिवर्तनको संवाहक । सुर्यको प्रकाशले मात्रै दिदैन उज्यालो । सामन्यत घरभित्र बालिने दियोले पनि उज्यालो छर्छ । सोलारले पनि रातमा अन्धकारलाई नष्ट गर्छ । समाज परिवर्तनमा उज्यालो अभियान उनको छ । हाइड्रोपावर मार्फत समाज उज्यालो बनाई विकासको ढोका खोल्ने योजनालाई सार्थकता दिदैं छन् ।

कास्कीको नामार्जुङमा रहेको मोदी हाईड्रोपावर प्रोजेक्टका संस्थापक लगानी मध्येका एक हुन् । उनै संस्थापक यदु अधिकारी यतिबेला पोखरा उद्योग वाणिज्य संंघको बरिष्ठ उपाध्यक्षको चुनावी दौडमा छन् । निरन्तर घरदैलोमा व्यस्त छन् । विद्युत उत्पादन गर्दै टोल, समाज र राष्ट्रमा आवश्यक विद्युत उत्पादनको तयारीलाई घनिभूत बनाईरहेका छन् । कम्पनीको नाम हिमालयन हाईड्रोपावर प्रालि हो । उनीसँगै विभिन्न संघसंस्था एवं व्यक्तित्वको संयुक्त लगानीमा हाइड्रो पावर शुरु गरिएको हो ।

विकासको लागि उज्यालोको आवश्यकता पर्छ । समाज परिवर्तनको लागि युवाको नेतृत्व खाँचो छ । त्यसैले त उनले आफनो पोखरा उद्योग वाणिज्य संघको गरिमालाई अझ उचाईमा पुर्याउने अभियान आफनो काँधमा लिने तयारीसहितको योजनामा अगाडि बढिरहेका छन् । साथ र समर्थन छ । घरदैलो अभियानले उनलाई हौसला र प्रेरणा दिईरहेका छन् । सर्वसाधारण भन्छन–‘योजनासहितको भिजन ल्याउनेले मात्रै उद्योगी व्यवसायीको हितमा काम गर्छन् । जुन गुण यदु अधिकारीमा देख्छौ ।’

विकासको सूचक अध्याँरो मुक्त अभियान हो । गरिबीलाई आयआर्जन, व्यवसायीलाई करको दर भन्दा दायरामा ध्यान दिनुपर्ने बरिष्ठ उपाध्यक्षका उम्मेदवार अधिकारीको ठम्याई छ । उत्पादित विद्युतले उद्योगधन्दा सञ्चालन हुन्छ । रोजगारी सृजना गर्छ । रोजगारीले बेरोजगार घटाउन सहयोगी भूमिका खेल्छ । बस्तु तथा सेवा उत्पादन हुन्छ । उत्पादित बस्तु तथा सेवा सर्वसुलभ रुपमा व्यापारी समक्ष पुग्छ । सस्तो दरमा सर्वसाधारणलाई उपभोग गर्न पाउँछन् । त्यसैले विद्युत उत्पादन गर्दै समाज परिवर्तनमा उनको ध्यान छ ।

उनले पोखरा उद्योग वाणिज्य संघको पहिलो कार्यकालमा यस्तै उज्यालो अभियानमा समेत आफनो अनुभव सँगाले । पोखरा उद्योग वाणिज्य संघले पोखरा १७ स्थित राममन्दिरमा नहरबाट विद्युत उत्पादन गरी जडान गरियो । उत्पादित विद्युतले मन्दिर झलमल भएको छ । त्यसको संयोजक बर्तमान बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की हुन् । तर अधिकारीले पनि त्यसलाई समाज परिवर्तनको सूचकको रुपमा आत्मसात गरे । १२.५ मेगावाटको मोदी हाईड्रोपावरबाट विद्युत उत्पादनसँगै पोखरामा बेला बेलामा हुने लोडसेडिङ अन्त्य हुने छ । दुर दराजका गाउँमा प्रशारण लाईन मार्फत उज्यालो बनाउन सार्थक हुने छ ।

हाइड्रोसँगै एग्रो टुरिजम उनको अर्को पाटो हो । घट्टेखोला एग्रो टुरिजम प्रालि मार्फत काम अगाडि बढाईसकेका छन् । ५० रोपनीको क्षेत्रफलमा कृषि सम्बन्धि कार्य तथा माछापालन भईसकेको छ । उद्योग वाणिज्य संघले कृषिको लागि अर्मलालाई पकेट क्षेत्र घोषणा गरेको छ । उनको अनुभवलाई वाणिज्य संघले उपयोग गर्नुपर्ने खाँचो देखिएको छ । उज्यालो नै विश्वास हो । विश्वासको लागि यदु अधिकारी नै हो । उनको आग्रह छ–‘विश्वासको मतले पोखरा उद्योग वाणिज्य संघको गरिमालाई उँचो बनाई राख्छ ।’