शुक्रबारसम्म वर्षा र हिमपात हुने
काठमाडौं, माघ १ ।
बुधबार साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज रातिबाट मौसम खराब हुने भएको छ ।
रातिबाट देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हिमपात हुनुका साथै थोरै ठाउँमा भारी हिमपातको संभावना रहेको छ ।
साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का वर्षा र केही स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ । देशको पूर्वी भुभागमा बिहिवार आंशिक देखि सामान्य बदलि भई एक दुई स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ ।
यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबार समेत वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।
(ईमेजखबरबाट साभार)