शिखरले पोखरामा जुत्ताचप्पलको एकल सेल मेला गर्ने, सस्तो मूल्यमा विक्रि हुने

पोखरा, पुस १८ ।
शिखर सुजले पोखरामा विहीबारदेखि एकल सेल मेला गर्ने भएको छ । पोखराको ट्रेड मल अगाडि रहेको स्काइ ब्राण्डको शोरुम भित्र हुने सेल मेलामा अविश्वसनीय मूल्यमा शिखरका जुत्ता उपलब्ध गराईने प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । उनका अनुसार मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुनेछ ।

पोखरेलीलाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउन सेल मेला गर्न लागिएको उनले बताए । ‘शिखरले पोखरामा गर्ने एकल सेल मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ । अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन्, प्रबन्ध निर्देशक प्रसाइले भने, पोखरामा यो राम्रो अवसर हो ।’

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुनेछन् । नयाँदेखि स्टकमा रहेका जुत्ता स्टक क्लियरेन्स गर्ने गरी शिखरले मेला चलाउन लागेको उनले सुनाए । मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराउने जनाएको छ ।