विश्व बैंकद्वारा २२ अर्ब ८० करोड ऋण सहयोग
काठमाडौं, माघ २३ ।
नेपाल र विश्व बैंकबीच भूकम्पीय आवास पुनःनिर्माण आयोजनाका लागि २२ अर्ब ८० करोड रुपैयाँ ऋण सम्झौता भएको छ ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालस्थित विश्व बैंकका कन्ट्री मेनेजेर फेरिस एच हेडेड जरभोसले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
आयोजनाका लागि २०० मिलियन डलर (करिब २२ अर्ब ८० करोड रुपैयाँ) दोस्रोपटक थप ऋण सहायता उपलब्ध गराएको हो ।
विश्व बैंकले उपलब्ध गराएको ऋण सहयोग भूकम्पले क्षति र्पुयाएका संरचना पुनःनिर्माणमा खर्च गरिनेछ ।
(ईमेजखबरबाट साभार)