‘वादी समुदायको उत्थान र विकासमा दीर्घकालीन योजना बनाउने’

काठमाडौं, पुष ३ ।
महिला, बालबलिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले वादी समुदायको उत्थान र विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउने बताए ।
वादी समुदायको पहिचान र अवस्था नामक पुस्तकको बिहीबार काठमाडौं विमोचन गर्दै उनले पिछडिएको वादी समुदायको उत्थानका लागि सरकारले पहल गर्ने बताए ।
नेपालका वादी समुदायको संवैधानिक र राजनीतिक अधिकारको रक्षाको लागि सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो । शैक्षिक रुपमा पिछडिएको वादी समुदायको विकास र राज्यका प्रत्येक निकायमा उनीहरुको पहुँच र्पुयाउन आवश्यक रहेकोमा मन्त्री गुरुङले जोड दिए ।
पुस्तकका लेखक केशव बिडारीले सुदूरपश्चिम र प्रदेश नं ५ का वादी समुदायको बाहुल्य रहेका १० जिल्लाको स्थलगत अध्ययन गरी पुस्तक तयार पारेको बताए ।
उनले नेपालमा रहेका बादी समुदायका झण्डै एक लाख ४३ प्रतिशत भूमीहिन रहेको बताए । पुस्तकमा १६ प्रतिशत वादी समुदाय अझै निरक्षर र ७५ प्रतिशत ज्यालामजदुरी गर्न विवश रहको उल्लेख छ ।
(ईमेजखबरबाट साभार)