‘वडामा काम रोकिएको समाचार झुठो हो’–कार्यवहाक वडाध्यक्ष (विज्ञप्ती सहित)

पोखरा, असोज ४ ।
पोखरा वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु संघको अध्यक्षमा उम्मेदवारी दिएपछि चुनावी प्रचारप्रसारमा छन् । उनले वडामा कार्यवहाक अध्यक्ष तोकेर चुनावी प्रतिश्पर्धामा लागेपछि वडाको काम रोकिएको भन्दै केही स्थानीयलाई उदृत गर्दै समाचार प्रकासन प्रशारण भएको थियो ।

तर समाचार सत्य नभएको भन्दै कार्यवहाक वडाध्यक्षले ध्यानाकर्षण भएको जनाएकी छिन् । पोखरा ३ का कार्यवहाक अध्यक्ष सवी परियार र वडा सचिव हुमनाथ ढकालले संयुक्त विज्ञप्ती जारी गरी समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘उद्योग बाणिज्य संघको निार्वचनको सन्दर्भलाई लिएर वडा ३ मा हुने कार्यरहरुको सेवामा प्रभाव परोको र काम रोकिएको भन्ने समाचार प्रकाशित भएको प्रति वडा समितिको गम्भीर ध्यान आकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ–उक्त समाचारमा कुनै सत्यता छैन । वडा कार्यालयबाट हुनुपर्ने कुनैपनि कार्य कत्ति पनि ढिला नगरी काम गर्ने ब्यवस्था मिलाईएको छ ।’

वडाप्रति लक्षित गरी भ्रामक र असत्य समाचार प्रकाशन भएको आरोप उनीहरुको छ । समाचार सत्य नभएको गुनासो सहित उनीहरुले वडाबाट पाउनुपर्ने सेवा सुविधा लिन वडाबासीलाई आह्वान गरेका छन् ।