राधा कृष्ण मन्दिरको अध्यक्षमा पुनः पौडेल
हेमजा, असोज २७ ।
नर्वदेश्वर तथा राधा कृष्ण मन्दिर पोखरा २५ हेमजाको १६ औँ साधारणसभा तथा सातौँ अधिवेशन आइतबार सम्पन्न भएको छ । सभाले निलकण्ठ पौडेलको अध्यक्षतामा ३ वर्षको लागी नयाँ कार्य समिति सर्वसमत चयन गरेको छ ।
समितिको उपाध्यक्षा शान्ता बानियाँ, सचिवमा तिलक तिम्सिना, सहसचिवमा झङ्कनाथ तिम्सिना, कोषाध्यक्षमा बिष्णु अधिकारी चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा नारायण तिम्सिना, टिकाराम तिम्सिना, दानबहादुर थापा र पुजारी केसब गिरि रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य जितबहादुर कार्कीले सफलताको शुभकामना दिँदै सेवा नै धर्म भएको र सबै धर्मको सार एउटै भएको बताए ।
कार्यक्रममा बिष्णुपादुका माइस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चुणामणी तिम्सिना, समाजसेवी भिमप्रसाद श्रेष्ठ, शिवकुमार श्रेष्ठ, विष्णु अधिकारी, खिम बहादुर थापा, कृष्ण बहादुर थापा र शान्ता मञ्जरी लगाएतले बोलेका थिए ।
समितिका सदस्य दान बहादुर थापाले स्वगत गरि सुरु भएको कार्यक्रममा समासेवी एवं शिक्षा जगत थापा, शान्ति आमा समुह र राधा कृष्ण आमा समुहलाई सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब तिलक प्रसाद तिमिल्सिनाले गरेका थिए ।