मोबाइल मेला ५ दिन थप

पोखरा, भदौ २७ ।
गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार पोखरा मोबाइल टावरमा जारी मोबाइल मेला ५ दिन थपिएको छ । भदौ ७ गतेदेखि सुरु भएको मेला भदौ २७ सम्म गर्ने तय भएको थियो । पोखराको महेन्द्रपुलको मोबाइल टावरमा भएको मेलामा ग्राहकका अभुतपूर्व सहभागिताले मेला अवधि थपिएको प्रचारप्रसार संयोजक नारायण सुवेदीले बताए ।

एउटै भवनबाट मोबाइलसम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालिले यो बजार सञ्चालन गरेको हो । २२ दिनमा ९० लाख करोबार भएको सुवेदीले बताए । टावरमा सम्पूर्ण ब्रान्डका मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी लिने उपयुक्त गन्तव्य पोखरा मोवाइल टावर बनेको उनको भनाइ छ ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेल र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट दिइएको छ । हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने पोखरा टावरका अध्यक्ष उदय केसी लाहुरे दाइले बताए ।

मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिनेछ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइ निःशुल्क छ ।