मन्त्रीको गाडीलाई ट्याक्टरको टक्कर–बाटैमा ट्याक्टरको नाच (भिडियो हेर्नुस्)

पोखरा, भदौ २८ ।
विहिबार विहान गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ लुम्रेमा सिंचाईको योजना सिलान्यास गर्न पुगे । कार्यक्रमबाट फर्किने क्रममा हेमजा मेलबोट नजिक बाटोमा ट्याक्टर बालुवा बोकेर उकालो चढ्दै थियो ।

धेरै लोड भएपछि ट्याक्टर बाटो चढ्न सकेन । फनक फनक नाच्दै केही माथी उक्लिएपछि मन्त्रीको गाडी अगाडी बढ्यो । तर अर्को ट्रकले रोक्यो । केही बेर भनाभन भएपछि ट्रकको ब्लुबुक नै सुरक्षाकर्मीले थुते ।

बर्खाले अधिकांश कच्ची सडकहरु खाल्डाखुल्डी परेको छ भने सडक हिलो भएको छ । कच्ची सडकको यात्रा निकै कठिन छ ।