मनास्लु पदमार्गमा विदेशी नागरिक बेपत्ता

पोखरा, असोज १७ ।
गोरखाको चुमनुव्री गाउँपालिकाबाट एक विदेशी बेपत्ता भएका छन् । मनास्ुल हिमाल आरोहण गरेर फर्किने क्रममा पहिलो बेस क्याम्पबाटै उनी बेपत्ता भएका हुन् । माउन्टट्रेक्सन नेपाल नामक संस्थाबाट हिमाल आरोहण गर्न गएका चेक रिपब्लिकका ४३ बर्षिय रोमन ह्वाब्को बेपत्ता भएका हुन् ।

आरोहणमा गएका चेक रिपब्लिककै ३ जना र एकजना नेपाली सकुशल छन् । पहिलो बेस क्याम्पमा अरु ४ जना सम्पर्कमा आएका तर रोमन मात्रै नआएपछि प्रहरीले खोजीकार्य सुरु गरेको छ । असोज १३ गते घटना भएको हो ।