बजेट अभावमा सुनकोसी–मरिण डाइभर्सन आयोजनाको निर्माण सुरु भएन

 

सिन्धुली, पुस २७ ।

सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ ।

सरकारले सिन्धुलीमा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणको प्रक्रिया तीब्र रुपमा अघि बढाउने भनेपनि काममा भने ढिलाइ भइरहेको छ ।

आयोजना सम्पर्क कार्यालयले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि पूर्व तयारी सकिएको जनाए पनि कार्य सञ्चालन भने हुन सकेको छैन ।

सरकारले आवश्यक बजेट विनियोजन नगरेका कारण टेन्डर हुन ढिलाइ भइरहेको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भएपछि प्रदेश ३ को जलस्रोतलाई २ नम्बर प्रदेशमा पु¥याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको दाबी छ ।

करिब ४६ अर्ब लागतको आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ भने आयोजनाअन्तर्गत बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ ।

आयोजनाका लागि सुनकोसीबाट मरिणसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्ने हुन्छ ।

तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिणमा खसालिने बताइएको छ ।
(ईमेजखबरबाट साभार)