पोखरा स्टिल फेव्रिकेटर्सको अध्यक्षमा ऋषि गिरी

पोखरा, कार्तिक २ ।
पोखरा स्टिल फेव्रिकेटर्स एशोसियसन कास्कीको अध्यक्षमा ऋषि गिरी निर्वाचित भएका छन् । शनिबार भएको १९ औं साधारणसभा तथा तेह्रौं अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विश्व कर्माचार्य, द्धितिय उपाध्यक्ष बासुदेव पौडेल, महासचिव विष्णु आचार्य बास्तोला, कोषाध्यक्ष सञ्जय तिमिल्सीना, सहसचिव भीम आचार्य र सहकोषाध्यक्ष चन्द्र पुरी चयन भएका छन् ।

सदस्यहरुमा शालिकराम बास्तोला, उत्तम खत्री, विशाल नेपाली, शिव गिरी, टंक चापागाईं र किशोर विक छन् । कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । आफुँ पनि ब्यवसायको क्षेत्रबाट राजनीतिमा आएको सुनाउँदै उनले उद्योगी ब्यवसायीका हक हितका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा ग्रिल तथा स्टिल ब्यवसायी महासंघका अध्यक्ष तथा घरेलु तथा साना उद्योग महासंघका बस्तुगत केन्द्रीय उपाध्यक्ष मोहन कटुवाल, उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीव कोइराला, पोखरा उद्योग बाणिज्य संघका महासचिव अर्जुन पोेखरेल लगाएतले बोलेका थिए ।

संस्थाका अध्यक्ष यामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बासुदेव पौडेलले गरेका थिए भने बरिष्ठ उपाध्यक्ष ऋषि गिरीले धन्यवाद दिए ।