पोखरा उवासंघ चुनाव–राप्रपाका ब्यवसायीको भोट प्रजु प्यानललाई

पोखरा, भदौ २९ ।
राप्रपा कास्कीको शुक्रवार वसेको नियमति वैठकले पोखरा उद्योग बाणिज्य संघको चुनावमा लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ । वैठकले सम्पूर्ण राप्रपा समर्थित साथीहरुलाई लोकतान्त्रिक गठबन्धनलाई सघाउन समेत आग्रह गरिएको राप्रपा कास्कीका सहसचिव सूर्य वास्तोलाले जानकारी दिए ।

यसअघि निर्माण ब्यवसायी संघ कास्कीको चुनावमा पनि राप्रपा लोकतान्त्रिक प्यानलमा समर्थन सहित उम्मेदवारी दिएको थियो । बैठकले पार्टी संचालनका लागि तथा कार्यकर्ताहरुलाई सहकारी मार्फत विभिन्न आर्थिक कृयाकलापहरुमा सहभागी गराउनको लागि एक सहकारी स्थापना गर्ने निर्णय गरेको छ । बैठकले असिल कुमार शाहीको संयोजकत्वमा पछि सदस्यहरु नियुक्त गर्ने गरी सहकारी स्थापनाको लागि आवश्यक पहल गर्ने उपसमिति समेत निर्माण गरेको हो ।

त्यस्तै, कार्यालय व्यवस्थापनको लागि नारायण गुरुङको संयोजकत्वमा अफिस व्यवस्थापन उपसमिति समेत गठन गरेको छ ।