पोखरा उवासंघ चुनाव–तीजे भाकामा भोट माग्दै घरदैलो (भिडियाे)

पोखरा, भदौ २७ ।
तीजको माहौल छ । बजारका कुना काप्चामा महिलाहरु तीजको गीतमा रमाईरहेका छन् । तीजे गीतको रौनक छ । एकतिर महिलाहरुलाई तीजको रौनकले छोईरहदाँ अर्कोतिर भने पोखराका उद्योगी व्यवसायीलाई भने भोट माग्ने उत्तिकै चटारो छ । असोज ५ र ६ गते पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन हुदैैछ । त्यसको पुर्वसन्धयामा भोट माग्न उम्मेदवाहरु व्यस्त छन् । तीजकै दिन महिलाहरुले भने उम्मेदवारको पक्षमा तीजे भाका निकाल्दै सर्वसाधारणसँग भोट मागिदिएका छन् । गीतको भाका थियो–

पुगोस चाहना हजुर, पुगोस चाहना

तीजको बेला चेलीको शुभकामना ! ! !

रविन्द्रबहादुर प्रजुको टिम भोट माग्न बजारमा व्यस्त हुदाँ महिलाहरुले तीजे भाका गाउँदै भोट मागे । तीजे भाकामा भोट माग्दै गर्दा बातावरण संगीतमय थियो । स्वयं महिला उम्मेदवारहरुले पनि तीजको भाकामा लोली मिलाए । पुरुष उम्मेदवारले भने थपडी मार्दै स्वागत गरिरहे । गीतमा गाउँदै भोट माग्दै फेरी अर्को टुक्का निस्कियो ।

भोट दिनुहोस, भोट दिनुहोस

यो टिमलाई जिताएर धर्म लिनुहोस ! ! !

गीत गाईरहँदा अध्यक्षका उम्मेदवार रविन्द्रबहादुर प्रजुको निकै खुशी देखिन्थे । उनको साथमा थिए बरिष्ठ उपाध्यक्ष नारायण कोईराला, महासचिव अर्जुन पोखरेल, कोषाध्यक्षका उम्मेदवार सुरेन्द्रमान विजुक्छे, उपमहासचिव उम्मेदवार चिनु गुरुङ तथा सदस्यहरु कुमारी मुना बास्तोलाले भाकालाई दोहोर्याईरहे । अन्य सदस्यहरु मा बलराम आचार्य, केशबबहादुर खत्री, दिनेशचन्द्र बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी थिए ।

महाधिवेश नजिकिदैं गर्दा उम्मेदवारहरु यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । वाणिज्य संघमा ३३ सय ७८ सदस्य छन् । सबैको दैलोमा पुग्दै भोट मागिरहेका छन् । समय थोरै छ । यद्यपी प्रत्येक दिन प्रत्येक टोल छिमेकमा रहेको व्यवसायी एवं व्यापारिक प्रतिष्ठानमा पुगेर उम्मेदवारले दुईहात जोडी आफनो प्यानल देखाई भोट मागिरहेका छन् । प्रजुले पोखरा उद्योग वाणिज्य संघमा १२ वर्ष विताए । पालो उनकै थियो । त्यसलै उनलाई प्यानलमा समर्थन जनाउँदै टिम बन्यो । जुन टिम घरदैलो अभियानमा पोखरा महानगरपालिकामा रहेका चारै दिशाका व्यापारिक प्रतिष्ठान, व्यवसायीसँग भेट गर्दै हिडिरहेका छन् । भोट माग्दै हिड्दा तीजे भाकाले पनि सहयोगी भूमिका खेलिदियो । अर्को टुक्का थियो ।–

उद्योगी र व्यवसायी सबले बुझन पर्ने छ

यो टिमले उद्योगीको विकास गर्ने छ ! ! !

बाटैमा भोट माग्दै हिडेका टोलीलाई रोक्दै कलाकर्मी शारदादेवी भुजेलले गीत गाईन् । नागढुंगा तर्फ भोट माग्दै जाने क्रममा भुजेलले रोकेर गीत मार्फत प्रजु सहितको प्यानलाई भोट मागिन् ।