पोखरा उद्योग बाणिज्य संघ–वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी

पोखरा, असोज ७ ।
पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । उनले प्रतिश्पर्धी युदुनाथ अधिकारीलाई ४ सय ८० मतान्तरले पराजीत गरे ।

कोइरालाको १ हजार ७ सय १५ मत आउँदा अधिकारीले १ हजार २ सय ३५ मत ल्याएका थिए । कोइराला प्रजु प्यानलबाट उम्मेदवारी दिएका ब्यक्ति हुन् भने अधिकारी चाहीँ दामु प्यानलका उम्मेदवार हुन् ।