पोखरा उद्योग बाणिज्य संघ–वाणिज्य उपाध्यक्षमा प्रजापती सर्वाधिक मतले बिजयी

पोखरा, असोज ७ ।
पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट पवनकुमार प्रजापति सर्वाधिक मतान्तरले वियजी भएका हुन् । पदाधिकारीतर्फ उनी सबैभन्दा बढी मतले बिजयी भएका हुन् ।

प्रजापतिले प्रतिश्पर्धी यामनाथ पौडेललाई ७ सय २६ मतान्तरले पराजीत गरे । प्रजापतिले १ हजार ८ सय ३२ मत ल्याए भने पौडेलले १ हजार १ सय ६ मत पाए । प्रजापति प्रजु प्यानलबाट उम्मेदवारी दिएका थिए भने पौडेल अधिकारी प्यानलबाट उम्मेदवारी दिएका थिए ।