पोखरा उद्योग बाणिज्य संघ–महासचिवमा अर्जुन पोखरेल विजयी

पोखरा, असोज ७ ।
पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२ औं महाधिवेशनबाट महासचिवमा अर्जुन पोखरेल विजयी भएका छन् । प्रतिश्पर्धी किसान सुनारलाई ४ सय ५४ मतान्तरले पछि पार्दै पोखरेलले चुनाव जितेका हुन् ।

पोखरेलको १ हजार ७ सय २ मत आउँदा सुनारको १ हजार २ सय ४८ मत मात्रै आयो । पोखरेल रवीन्द्रबहादुर प्रजु प्यानलबाट प्रतिश्पर्धामा उत्रिएका हुन् भने सुनार दामु अधिकारी प्यानलबाट ।