पोखरा उद्योग बाणिज्य संघ–कोषाध्यक्षमा सुरेन्द्र विजुक्छे निर्वाचित

पोखरा, असोज ७ ।
पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट कोषाध्यक्षमा सुुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । उनले प्रतिश्पर्धी प्रेमबहादुर भुजेललाई ५७ मतान्तरले पराजीत गरेका हुन् ।

पदाधिकारीमा अध्यक्षपछि सबैभन्दा कम मतान्तर यही पदमा भएको थियो । बिजुक्छेले १ हजार ५ सय २ मत ल्याउँदा भुजेलको १ हजार ४ सय ४५ मत आएको थियो ।

विजुक्छे रवीन्द्रबहादुर प्रजु प्यानलबाट उम्मेदवार बनेका थिए भने भुजेल दामु अधिकारी प्यानलबाट उम्मेदवार भएका हुन् ।