पोखरा उद्योग बाणिज्य संघ–उद्योग उपाध्यक्षमा विन्दु कोइराला बिजयी

पोखरा, असोज ७ ।
पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२ औं महाधिवेशनबाट उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी विजयी भएकी छन् । उनले प्रतिश्पर्धी गीता कुमारी गौतमलाई ४ सय ७३ मतान्तरले पराजीत गरेकी हुन् ।

कोइरालाको पक्षमा १ हजार ७ सय ११ मत आउँदा तिवारीले १ हजार २ सय ३५ मत मात्रै पाइन् । कोइराला प्रजु प्यानलबाट उम्मेदवार बनेकी हुन् भने तिवारी दामु प्यानलबाट ।