पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले प्रजु प्यानललाई सघाउने घोषणा

पोखरा, असोज ३ ।
पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनमा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले रवीन्द्रबहादुर प्रजुको प्यानललाई सघाउने निर्णय गरेको छ । संघको बेठक बसेरै प्रजु प्यानललाई सहयोग गर्ने घोषणा गरेको हो ।

‘विभिन्न प्यानल र पक्षका उम्मेदवार र प्रतिबद्धतालाई नजिकबाट केलाउँदा अनुभवी र संघको मर्म तथा भावना अनुरुप काम गर्ने उम्मेदवार प्रजु प्यानलमा देखेका छौं, विज्ञप्तीमा भनिएको छ–उद्योगी ब्यवसायीका सामु गरेका प्रतिबद्धताहरु पनि विश्वसनीय र उद्योगी ब्यवसायीको हित अनुरुप रहेको छ । त्यसैले हाम्रो समर्थन प्रजु प्यानललाई रहेको छ ।’

संघले आफु मातहतका ब्यवसायीहरुलाई पनि प्रजु प्यानललाई मतदान गर्न आह्वान गरेको छ । संघका अध्यक्ष उदयबहादुर केसीले हस्ताक्षर गरी सहयोगको अपिल सहितको विज्ञप्ती जारी गरेका हुन् ।