नेपाल–भारत सीमाको ३७ नाकामा पनि चेकजाँच गर्ने निर्णय

 

काठमाडौं, फागुन २२ ।

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल–भारत ३७ सीमा नाकामा पनि चेकजाँच गरिने भएको छ ।

उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै आउजाउ हुने नेपाल र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली पठाएर चेकजाँच गरिनेछ ।

प्रदेशहरुमा टोली पठाइसकेको छ भने अरु नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
(अनलाइनखबरबाट साभार)