नयाँशक्ति निकट ब्यवसायीले प्रजु प्यानललाई मतदान गर्ने

पोखरा, असोज ३ ।
नयाँ शक्ति निकट नेपाल उद्योग बाणिज्य तथा पर्यटन व्यवसायी संघले प्रजु प्यानललाई सहयोग गर्ने घोषणा गरेको छ । बुधबार विज्ञप्ती जारी गरी पछिल्लो समय उद्योगी ब्यवसायीको हक अधिकार कुण्ठित भएको भन्दै त्यसको संरक्षणका लागि लोकतान्त्रिक प्यानललाई जिताउनुपर्ने जनाएको छ ।

अध्यक्ष राजेन्द्रप्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘३२ औं महाधिवेसनका सन्दर्भमा हाम्रो नयाँ शक्ति पार्टी निकट ब्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य तथा प्रवद्र्धन संघ कास्कीको गत अश्विन १ गते बसेको विस्तारीत बैठकको निर्णय अनुसार हाल चुनावी मैदानमा उत्रिनुभएका दुई प्यानलमध्ये रवीन्द्रबहादुर प्रजु प्यानललाई समर्थन गर्ने निर्णय गरिएको छ ।’

वर्तमान दुई तिहाई समर्थन रहेको सरकारले उद्योगी ब्यवसायीहरुको हकहित तथा अधिकारको संरक्षण गर्न नसकेको भन्दै उनीहरुले अत्यधिक कर बृद्धीको विरुद्ध पनि प्रजु प्यानललाई जिताउनुपर्ने बताएको छ । ‘अत्यधिक कर बृद्धी गरी ब्यवसायीहरुलाई विस्थापित गर्ने अवस्था सिर्जना भएको छ । शान्ति सुरक्षा र जनताको अधिकारहरु उल्टै गुम्दै जाने स्थिती बनेको छ, विज्ञप्तीमा लेखिएको छ–त्यसैले उद्योगी ब्यवसायीहरु आम समर्थक र सुभचिन्तकहरुलाई नेपालको आर्थिक विकास र समृद्धीको अभियानमा लाग्न आह्वान गर्दै अध्यक्ष पदका उम्मेदवार रवीन्द्रबहादुर प्रजु प्यानललाई विजयी गराई ब्यवसायीक हक हितको संरक्षणमा लाग्न अनुरोध गर्दछौं ।’