दामु प्यानलका दुई उम्मेदवार प्रजुको प्यानलमा गए

पोखरा, असोज ६ ।
पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशन चलिरहेको छ । शनिवार मतदानको कार्यक्रम छ । खासगरी दुईवटा प्यानल अहिले चुनावी प्रतिश्पर्धामा छ ।

हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी बीच प्रतिश्पर्धा हुँदैछ । जसले मतदातालाई रिझाउन सक्छन् उही संघको २३ औं अध्यक्ष बन्नेछ ।

स्वतन्त्र भनेर दावी गरिएका दुवै टोलि राजनीतिक हिसावको छ । प्रजु काँग्रेस र अधिकारी नेकपा निकट ब्यवसायीका नेतृत्व गरिरहेका छन् ।

उम्मेदवारीकै भोलिपल्ट दावी विरोध परेपछि प्रजु प्यानलका दुईजनाको उम्मेदवारी रद्द भयो । त्यसपछि प्रजुले दुईजना खुला सदस्य दामु अधिकारीको प्यानलबाट ल्याएका छन् ।

रुद्रनाथ लुईंटेल र नगेन्द्र सुवेदीलाई अधिकारी प्रजुको प्यानलमा आएको बताएका छन् । यद्यपी अधिकारीले चाहीँ दुवैजना आफ्नै प्यानलमा रहेको दावी गरिरहेका छन् ।