ट्रेडमलमा पाँच सयको सामान किन्दा १ लाख उपहार !

पोखरा, असोज ३ ।
पोखराकै ठूलो ब्यापारिक गन्तब्य पोखरा ट्रेड मलमा दशैं तिहार उत्सव कार्यक्रम हुने भएको छ । विगतजस्तै यसबर्षपनि मलले आफ्नो ग्राहकहरुलाई लक्षित गरी उत्सव मनाउन लागेको हो । उत्सवसँगै मलले ग्राहकका लागि विभिन्न उपहार योजना पनि अघि सारेको छ ।

२ महिनासम्म चल्ने उत्सवमा बम्पर उपहार स्वरुप १ जनाले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ५ जनलाई १० हजार नगद र स्क्र्याच कुपनमा ५० हजारसम्मको नगद तथा सपिङ भौचर पाउनेछन् । बम्पर उपहारमा सहभागि हुनका लागि कम्तिमा ५ सय रुपैयाँको सामान खरिद गर्नुपर्नेछ ।

‘हरेक सामान किन्दा हात खाली नजाने स्त्र्mयाच कुपनको विशेष ब्यवस्था गरेका छौं । उपहार योजनामा मात्रै ग्राहकको लागि १० लाख बराबरको उपहार हुनेछ, उत्सव ब्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले भने–५ सय भन्दा बढी मुल्यको सामान किनेपछि बम्पर उपहारमा सहभागी हुन मिल्छ । स्क्र्याच कुपनका लागि चाहीँ कम्तिमा ५ हजार रुपैयाँको सामान किन्नुपर्छ ।’

ट्रेड मलले असोज ५ देखि मंसिर ५ सम्म दुई महिना दशैं तिहार उत्सव मनाउन लागेको हो । उत्सव सकिएपछि मंसिर ८ गते बम्पर उपहार विजेता छनौट हुने त्रिपाठीले जानकारी दिए । उपहार सहित सेल्फी प्रतियोगिता, खाने प्रतियोगिता र ट्रेजरहन्ट प्रतियोगिता पनि हुनेछन् ।

पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा ३ बर्षअघि २०७२ असोज २६ गतेदेखि ट्रेड मल सञ्चालनमा आएको हो । मलमा घरायसी सहित जुनसुकै सामान पनि खरिद गर्न सकिन्छ । उत्सवबाहेकका समयमा पनि मलमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । विगतका सफलता र ग्राहकको चाहनाले उत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराईएको हो ।