जनमोर्चा निकटका व्यवसायीले दामु प्यानललाई सघाउने

पोखरा, असोज २ ।
जनमोर्चा निकटका उद्योगी व्यवसायीले दामु प्यानललाई सघाउने प्रतिबद्धता जनाएका छन् । जनमोर्चा निकट अखिल नेपाल उद्योग व्यापार संघ कास्कीको मंगलबारको बैठकले दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहलाई सघाउने निर्णय गरेको हो ।

समावेशी व्यवसायी समूहले अघि सारेको एजेण्डा प्रगतिशिल हुनुका साथै टीम पनि समावेशी भएकाले सघाउने निर्णय भएको संघ कास्कीका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । यसैबीच हालको बहुमत कार्यसमिती सदस्य पनि आफ्नो पक्षमा रहेको प्यानलको दावी छ ।