चुनावमा अनुहार हैन ब्यवसाय हेर्नुस्–समावेशी समूह

पोखरा, भदौ २९ ।
पोखरा उद्योग वाणिज्य संघमा प्यानलै उम्मेद्वारी दिएर चुनाव प्रचारप्रसारमा जुटेको समावेशी व्यवसायी समूहले संघको चुनावमा मत हाल्दा व्यवसायीलाई रोज्न आग्रह गरेका छन् । प्रत्येक व्यवसायीको घर र पसलमा चुनावी प्रचारका लागि पुग्दा उनीहरुले अधिकारी नेतृत्वको प्यानलमा मतदान गर्न आग्रह गरे ।

‘अनुहार हेरेर भन्दा पनि उसको व्यवसाय, गुण र क्षमता हेरेर मत हाल्नुहोला । राजनीति गर्नेलाई भोट हाल्ने हैन, अध्यक्षका उम्मेदवार अधिकारीले भने–उद्योग बाणिज्य संघलाई राजनीतिकरण हुनबाट जोगाउन यो प्यानल बनेको हो । हामी त्यसको नेतृत्व गर्छौं ।’

शुक्रबार तेर्सापट्टी, नालामुख, पालिखेचोक, साँघुमुख, नदीपुर, सृजनाचोक, सिमलचौर र राष्ट्रवैंक चोकमा घरदैलो सकेको छ । उनीहरुले व्यवसायीको हक, हित र अधिकार प्राप्ति र पोखरा उद्योग वाणिज्य संघको गरिमा बचाई राख्नका लागि व्यवसायीले नै जित्नुपर्नेमा जोड दिए ।