’कालापानीबाट विदेशी सेनालाई फिर्ता पठाउँछौं’

 

काठमाडौं, मंसिर १ ।

प्रधानमन्त्री केपी ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

नेकपाको भ्रातृ संगठन युवा संघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेपाली भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने दाबी गरे ।

उनले नेपाल भारत सरकारसँग संवाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या समाधान गर्न सकिने बताए ।

उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए ।

उनले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको समेत उल्लेख गरे ।
(ईमेजखबरबाट साभार)