उच्च अदालतमा १५ न्यायाधीशको नाम सिफारिस
काठमाडौं, मंसिर ४ ।
न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि १५ जनाको नाम सिफारिस गरेको छ ।
परिषद्को बुधवार बसेको बैठकले जिल्ला न्यायाधीशहरु मध्येबाट ६ जना, अधिवक्ताहरुबाट ८ जना र न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुबाट एकजनाको नाम सिफारिस गरेको हो ।
न्यायाधीशका लागि सिफारिस हुनेहरुमा जिल्ला न्यायाधीशहरुबाट किरणकुमार पोखरेल– उच्च अदालत विराटनगर, मुरारीबाबु श्रेष्ठ– उच्च अदालत सुर्खेत, सुदर्शनराज पाण्डे–उच्च अदालत पोखरा, दीपेन्द्र अधिकारी–उच्च अदालत जनकपुर, रमेशराज पोखरेल–उच्च अदालत जनकपुर र नरिश्वर भण्डारी–उच्च अदालत विराटनगरका लागि रहेका छन् ।
यस्तै, अधिवक्ताहरुबाट नाम सिफारिस हुनेमा भोजपुरका मिलनकुमार राई–उच्च अदालत दिपायल, राजुराम सिलवाल–उच्च अदालत विराटनगर, मेरिना श्रेष्ठ–उच्च अदालत तुल्सीपुर, मीना गौतम सेढाई–उच्च अदालत पाटन र सोमकान्त मैनाली–उच्च अदालत विराटनगरका लागि रहेका छन् ।
न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृतको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिनालाई उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल ईजलासको लागि देश बहादुर कार्की, उच्च अदलात पाटनमा रेखा थापा पाण्डे र उच्च अदालत पोखरामा किरण कुमारी गुप्तालाई सीफारिस गरेको छ ।
न्याय परिषद्को अनुसार अधिवक्ताहरुदेश बहादुर कार्की, रेखा थापा पाण्डे र किरण कुमारी गुप्ताको हकमा भने हाल रहेको न्यायधिशहरुको सेवा निवृत भएको मीती देखि मात्र लागु हुने गरि नाम सीफारिस गरिएको छ । यस्तै यही मंसीरमा सेवा निवृत्त हुने ३ जना उच्च अदालतका न्यायाधीशहरुको ठाउँमा पनि अधिवक्ताहरुबाटै नाम सिफारिस गरिएको छ ।
उनीहरुमा उच्च अदालत तुल्सीपुरका लागि भोजपुरका देशबहादुर सार्की, उच्च अदालत पाटनका लागि सुनसरीकी रेखा थापा पाण्डे र उच्च अदालत पोखराका लागि सप्तरीकी किरण कुमारी गुप्ताको नाम सिफारिस गरिएको छ । न्याय परिषद् वैठकले विभिन्न उच्च अदालतका ८ जना न्यायाधीशको सरुवा गर्न पनि सिफारिस गरेको छ ।
(ईमेजखबरबाट साभार)