आलु महोत्सवको समापन आज

पोखरा, ३० चैत

नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ आज समापन हुदै छ। महोत्सवको आठौं दिन सम्म महोत्सव भित्र वाहिर गरी ८५ लाखको आलुको कारोवार र ५७ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए।

महोत्सवमा राखिएको खुल्ला एक नृत्य प्रतियोगितामा स्मृति गुरुङ प्रथम, विनेश गुरुङ दोस्रा, सपना धाइ मगर तेस्रा र अमृत सुनार सान्त्वना भएका थिए। उनीहरुले क्रमश २० हजार, १० हजार, ६ हजार, ४ हजार ट्रफी र प्रमाण पत्र रहेको छ। महोत्सव आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर्ण मनोरञ्जन लिएका थिए।

महोत्सवमा बिहिवार जीवन दाहाल, राजन गुरुङ, पार्वती जिसी, कृष्ण अखेली, सुरेन्द्र गुरुङ, राजन कार्की, कमला गैह्े, साजना बास्तोला, सन्तोष सुवेदी, शुभद्र श्रेष्ठ र हास्य तर्फ दीपक थापाको प्रस्तुति रहको थियो। बिहिवार साँझ नै पप कन्सर्ट तर्फ प्रमोद खरेल, ववि सुनार र द स्पार्किड्ड व्याण्डको प्रस्तुति रहेको थियो।

त्यसैगरी आज चोलेन्द्र पौडेल, जीवन दाहाल शंकर विरही गुरुङ, लक्ष्मी नेपाली, माया केसी, निश्चल थापा परशुराम अधिकारी, गंगा त्रिपाठीको प्रस्तुती रहने सांस्कृतिक उपसमिति संयोजक मिलन बास्तोलाले जानकारी दिए। महोत्सव चैत ३० गते सम्म चल्ने छ।

महोत्सवमा प्रमुख अतिथि प्रदेश नं.४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव सरदचन्द्र श्रेष्ठले यस क्षेत्रमा आलुको उत्पादन वृद्धि गर्नका लागि मन्त्रलायले सघाउने प्रतिवद्धता जनाए। विष्णु पादुका क्लब हेमजाका अध्यक्ष रमेश कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव वसन्तकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।