आजदेखि नयाँ नोट, एकजनाले कति साट्न पाउँछ ?

काठमाण्डौं, असोज २१ ।
नेपाल राष्ट्र बैंकले आजदेखि दशैंको नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।