अव टोलटोलमा उद्योग बाणिज्य संघ–प्रजापति

पोखरा, भदौ ३१ ।
पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष तथा बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार पवन प्रजापतिले टोलटोलमा उद्योग बाणिज्य संघ पु¥याउने बताएका छन् । उद्योगी ब्यवसायीको समस्या बुझ्ने र तत्कालै समाधान गर्नका लागि टोल तहमै उद्योग बाणिज्य संघका युनिटहरु निर्माण गर्नुपर्ने उनले बताए ।

आफ्नो उम्मेदवारी प्रष्टाउँदै उनले २० प्रतिशत उद्योगी र ८० प्रतिशत बाणिज्य तर्फका ब्यवसायी रहेको जानकारी दिए । ‘सिंह दरबार भनेजस्तो उद्योग बाणिज्य संघ टोलटोलमा जान्छ । हाम्रो उद्योगी ब्यवसायी साथीहरुले उद्योग बाणिज्य संघले बेवास्ता गरेको महशुस गरेका छन् । अव त्यस्तो हुँदैन । हप्तामा दुई हप्तामा वा महिनामा ब्यवसायीसँग छलफल गर्छौ, उनले भने–विरौटा, चिप्लेढुंगा जस्ता ठाउँ ठाउँमा युनिट बनाउछौं र त्यहीँका ब्यवसायीलाई संयोजक बनाउछौं । अव काम गर्ने हो ।’

आफ्नो कार्यकालमा ब्यवसायी भलाई कोष स्थापना गरेको भन्दै उनले ब्यवसायीलाई पीर मर्कामा परेको बेला राहात दिएको बताए । ‘कोषाध्यक्ष हुँदा मैले भलाई कोष स्थापना गरें । केही ब्यवसायीहरुलाई राहत पनि उपलब्ध गराएका छौं, उनले भने–कर्मचारीलाई पीर मर्का पर्दा सामान्य भएपनि राहात महशुस गर्न पाएका छन् ।’ केही एजेण्डा पूरा गर्न नसकेपनि प्रक्रियामा गैसकेको उनले बताए ।