‘सूचना प्रविधि विधेयक आपत्तिजनक’
काठमाडौं, पुस २५ ।
कानुन व्यवसायी, सन्चारकर्मी र मानवअधिकारवादीहरुले सरकारले अघि बढाएको सूचना प्रविधिसम्बन्धी विधेयक आपत्तिजनक भएको भन्दै यसलाई पारित नगर्न सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले नागरिकको बोल्न पाउने अधिकारलाई कुन्ठित पार्ने उद्देश्यले ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक अत्यन्त लज्जास्पद रहेको टिप्पणी गरे ।
विधेयक जस्ताको तस्तै पारित गरिए यसले नागरिक स्वतन्त्रतालाई हनन् गर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रमका सहभागीहरुले संविधानले सुनिश्चित गरेको अधिकारलाई दबाउँदै सरकारले विधेयकलाई पारित गर्न खोजेको निष्कर्ष निकालेका छन् । (ईमेजखबरबाट साभार)