सिन्धुपाल्चोकमा भूकम्प अनुसन्धान केन्द्र

काठमाण्डौं, भदौ २९ ।
सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यानको निर्माण कार्य थालिएको छ । करीब १ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सो उद्यानको विस्तृत आयोजना प्रतिवदेन आगामी मङ्सिरसम्म तयार हुने बताइएको छ ।
सो उद्यानलाई राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रूपमा विकास गरिने कार्यक्रम रहेको छ । सिन्धुपाल्चोकले २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको थियो । उद्यानमा मुलुकका अति प्रभावित १४ जिल्लाकै प्रतिनिधित्व हुने गरी १४ खम्बा राखिने बताइएको छ ।