राप्रपा (संयुक्त) द्वारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं, पुस २० ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने भएको छ ।
सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
आइतबार (आज) काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको तयारी समेत गरेको छ ।
पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले भारी बहुमतबाट बनेको वर्तमान सरकारले जनचाहना पुरा गर्न नसकेको भन्दै आन्दोलनलाई सशक्त बनाउने भन्ने विषयमा बैठकमा गम्भिर छलफल भएको बताए ।
यसैगरी पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनलाई सशक्त बनाइने बताए । (ईमेजखबरबाट साभार)