सर्त र सम्झौतामा बाँधिएर विदेशी सहयोग स्वीकार्य हुन्न : माधवकुमार नेपाल

 

कञ्चनपुर, पुस २० ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अनावश्यक सर्त र सम्झौतामा बाँधिएर कुनै पनि विदेशी सहयोग स्वीकार नगर्ने बताएका छन् ।

नेपाल प्रेस संगठन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमसीसी आर्थिक विकाससँग मात्रै जोडिएको भए त्यसलाई स्वीकार्ने बताउँदै सहयोगका नाममा अनावश्यक सर्त र सम्झौतामा नबाधिने बताए ।

उनले एमसीसीको उद्देश्य स्पष्ट नभएकाले आफूहरुले स्थायी समितिको बैठकमा त्यसबारे थप छलफल गर्न आग्रह गरेको बताउँदै दाताले गठबन्धन अनुचित काममा सहभागी नगराउने गरी सहयोग गरे आफूहरुले ग्रहण गर्ने बताए ।

उनले कालापानी र लिपेुलेकलाई भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको कुरा स्वीकार्य नहुने भन्दै यस विषयमा सरकारले चाँडै टुङो लगाउनुपर्ने बताए ।
(ईमेजखबरबाट साभार)