सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय : भुसाल
भक्तपुर, पुस ७ ।
नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले दुईतिहाइको सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् ।
सोमबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपालको सीमा भारतले मिचेको विषयमा यति लामो समयसम्म पनि मौन रहनु र ‘क्याबिनेट’बाट कुनै निर्णय गर्न नसक्नु रहस्यको विषय भएको जिकिर गरिन् ।
उनले सरकारले केवल सिंहदरबारलाई मात्र मजबुद् बनाउने खेलमा लागेकाले संघीयता खतरामा परेको दाबीसमेत गरिन् ।
नेत्री भुसालले कांग्रेसले अब गुट–उपगुटको राजनीतिलाई चिर्दै सभापतिले विचारको राजनीतिलाई अग्रसरता दिने बताइन् ।
(ईमेजखबरबाट साभार)