वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा निर्णय
काठमाडौं, फागुन १४ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनी बर्दिया १ मा कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए । बैठकले संविधान संशोधन गर्न गठन गरेको कार्यदल भने विघटन गर्ने निर्णय गरेको छ ।
यसअघि शनिबार संविधान संशोधन गर्न नेकपाले कार्यदल गठन गरेको थियो । यो निर्णयसँगै नेकपाको आन्तरिक राजनीतिक तरङ्गित भएको थियो ।
(ईमेजखबरबाट साभार)