पोखरामा मोतिलाल सुतिरहेकै अवस्थामा मृत भेटिए

पोखरा, बैशाख १३ ।
पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा एक ब्यक्ति सुतिरहेको अवस्थामा मृत फेला परेका छन् । बर्दिया जिल्ला मोतिहार ३ बासगढी घर भई पोखरामा मान्छे छाड्न आएका ड्राइभिङ गर्ने मोतिलाल चौधरी आज बिहान मृत फेला परेका हुन् ।

स्थानीय शान्तिमार्ग स्थित ईन्दिरा कँडेलको घरमा सुतिरहेकै अवस्थामा उनको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहका अनुसार चौधरी चालक हुन् । हिजो बर्दियाबाट मान्छे छाड्न पोखरा आएका थिए ।

पोखरा आईपुग्दा रात परेकाले यतै सुतेर विहानै ४ बजे बर्दिया फर्कने योजनामा थिए । बेलुकी चाँडै नै खाना खुवाएर घरको एउटा कोठाको भुईंमा ओछ्यान लगाएर सुताइएको थियो । तर, बिहान नउठेपछि हेर्दा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले उनका आफन्तलाई खवर गरेको छ ।