पोखराको आश्रममै महिलाको मृत्यु

पोखरा, भदौ ३० ।
पोखरा महानगरपालिका–१७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा एक महिलाको निधन भएको छ । बैशाख १३ गतेदेखि आश्रममा बस्दै आएकी परिचय समेत नखुलेकी कान्छी मायाँ भन्ने बृद्धाको मृत्यु भएको हो ।

अन्दाजी ७० बर्षकी बृद्धाको मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।