पोखरा ४ मा मात्रै साढे २ लाखको बाह्य राहत

पोेखरा, बैशाख ७ ।
पोखरा महानगरपालिका ४ मा विपन्न परिवारका लागि महानगर बाहेक बाह्य सहयोगीहरुले करिव साढे २ लाखको राहत वितरण गरेका छन् । विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सहयोग वितरण गरेका हुन् ।
महानगरले बनाएको मापदण्ड अनुसार नै सबैले राहत वितरण गरेका वडाध्यक्ष शंकर बास्तोलाले बताए । उनका अनुसार ब्यक्ति तथा संघ संस्था गरी १० पटक बाह्य राहत वितरण भएको छ ।
महानगरले ८ लाख ७१ हजारको राहत वितरण गरेको छ । वडाध्यक्ष बास्तोलाका अनुसार मुनाल स्टोर्स, विनायक फ्रेस हाउस, भागीरथ स्टोर्स चिप्लेढुङ्गा, गोपालजी स्टोर्स रामृकष्ण टोल, देविप्रसाद पराजुली, बसन्तप्रसाद पराजुली, नेपाल तरुण दल पाेखरा महानगर समिति, लायन्स अफ समृद्धि तथा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी माकाजु र उनका भाइ भुविन शेरचनले सहयोग गरेका हुन् ।
यसबाहेक परिचय नै नखुलाउने गरी ५० जनालाई पुग्ने राहत सहयोग गरेका छन् । प्राप्त सबै राहत अति विपन्न, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, एकल महिलालाइ विशेष प्राथामिकताकात वितरण गरिएको बास्तोलाले बताए ।