नेल्टाको राष्ट्रिय महाधिवेशन फागुन १५ देखी

पोेखरा, कार्तिक ९ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को दोस्रो महाधिवेशन राष्ट्रिय काठमाण्डौँमा हुने भएको छ । नेल्टाको हालै बसेको केन्द्रीय कार्य समितिको ११ औ बैठकले आगामी फागुन १५ देखी १७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले पिसपोखरा डटकमलाई जानकारी दिए ।
महाधिवेशनमा प्रतिनिधि प्रवेक्षक गरी ६ सय को सहभागिता रहने श्रेष्ठले बताए । नेल्टाले देशका ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरिसकेको जनाएको छ । महाधिवेशनलाई लक्षित गरेर आगामी पुस मसान्तसम्म ७७ वटै जिल्ला अधिवेशन सम्पन्न गरिने नेल्टाले जनाएको छ ।