‘नेपाल मानव बेचबिखनको स्रोत मात्र नभई ट्रान्जिट गन्तव्य’

 

काठमाडौं, पुस १० ।

नेपाल मानव बेचबिखनको स्रोत मात्र नभई ट्रान्जिट र गन्तव्य मुलुक बनेकोतर्फ सरकारको ध्यान जानु आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका सहभागिहरुले पछिल्लो समय मानव बेचबिखनका आयामहरु परिवर्तन भैरहेकाले यसतर्फ पनि सरकारले आवश्यक पहल गर्नु आवश्यक रहेकोमा जोड दिएका छन् ।

मानव बेचबिखन गर्नेहरुले राजनीतिक संरक्षण पाउने हुँदा पनि समस्या भइरहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी नेपालकी कार्यकारी निर्देशक बेनु माया गुरुङले सरकारसँग बेचविखनमा परेकाको यकिन तथ्याङ्क समेत नभएको भन्दै मानव बेचबिखनसम्बन्धी ऐन संशोधनको लागि सरकारसँग प्रस्ताव गरेपनि यो विषय सरकारको प्राथमिकता नपरेको बताइन् ।

बेचबिखनमा परेकालाई फिर्ता ल्याउनको लागि स्वदेश फिर्ती नियामावली, निर्दे्शिका केही पनि नहुँदा आफुहरुलाई बेचबिखनमा परेकाहरुलाई स्वदेश ल्यिाउन अप्ठ्यारो परिरहेको गुरुङको भनाइ छ ।

कार्यक्रममा सहभागिहरुले वैदेशिक राजगारीको आड र साइबरको माध्यमबाट पनि मानव बेचबिखन हुने गरेको भन्दै यसमा संलग्नहरुलाई कारवाही गर्न स्पष्ट कानून आवश्यक भएको बताए । (ईमेजखबरबाट साभार)