जेठ १३ गतेदेखि मर्यादित महिनावारी अभियान सुरु

 

काठमाडौं, फागुन ११ ।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाण्डौंमा अन्तर्राष्ट्रिय मर्या्दित महिनावारी कार्याशाला गोष्ठीको आयोजना गर्ने भएको छ ।

गोष्ठि आगामी जेठ १३ देखि १५ गतेसम्म हुने मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ्ले लैङ्गिक समानताका लागि महिनावारीलाई मानव अधिकारको आँखाले हेर्नु पर्नेमा जोड दिए ।

उनले मर्यादित महिनावारी अभियान महिनावारीसंग जोडिएको छाउपडीप्रथा उन्मुलन गर्न महत्वपूर्ण हुने दाबी गरे ।

गोष्ठिमा विभिन्न २० देशका अनुसन्धानकर्मी, अधिकारकर्मी, सरकारका प्रतिनिधि , नीति– निर्माता लगाएको उपस्थिति रहने मन्त्रालयले जनाएको छ ।
(ईमेजखबरबाट साभार)