‘कालापानी क्षेत्र नेपाली भूमि’, सीमारक्षाका लागि प्रदर्शन गर्नेलाई पक्राउ नगर्न आदेश

 

काठमाडौं, मंसिर ४ ।

सर्वोच्च अदालतले भारतले विवादित बनाउन खोजेको दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भू–भाग नै भएको ठहर गरेको छ ।

बुधबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले यस्तो ठहर गरेको हो ।

यस्तै, भारतले नयाँ नक्सामार्फत् नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन गर्नेलाई पक्राउ नगर्न पनि सरकारलाई आदेश दिएको छ ।

सीमारक्षाको माग गर्दै प्रदर्शन गर्नु नागरिकको मौलिक हक भएको व्याख्या गर्दै प्रदर्शनकारीहरुलाई पक्राउ नगर्न आदेश दिएको हो ।

पक्राउ परेका विद्यार्थी टीकाप्रसाद कँडेल, बिर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र विजबहादुर घिसिङलाई रिहा गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
(ईमेजखबरबाट साभार)