आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा, असोज २४ ।
पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा ‘हाम्रो समाज’ नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विजयादशमी तथा शुभ दिपावलीको अवसरमा सामाजिक जनचेतना मुलक नाटक ‘हाम्रो समाज’ महाअष्टमीको दिन प्रर्दशन गरिएको थियो ।
नाटकमा स्थानिय कलाकारहरु देवेन्द्र बराल (मुक्ती), हरिकृष्ण सिग्देल, सावित्रि बराल, युवराज बराल, अनिता अधिकारी, यज्ञ बराल, सुभाष बराल, मोहन सिग्देल, राजन सिग्देल, नमुना वराल, परमेश्वर बराल, राम र लक्ष्मण बराल, जिवन बराल, सुशान्त बराललगायत दुई दर्जन कलाकारले भाग लिएका थिए ।
नाटकको लेखन तथा निर्देशन मोहरपानी आदर्श टोल विकास संस्थाका सचिव शिवराज बरालले गरेका थिए ।
नाटकमा समाजमा रहेको कुसंस्कार तथा वेथीति जुवा तास, जाँड रक्सी, लागु औषध लगाएतका विकृति विसंगतिका विरुद्ध सचेतना मुलक रहेको टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले वताए ।
आर्वाको जागरण आमा समुहको भवनमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित पोखरेली ध्रुमुस राजेन्द्र नेपाली लट्टे र माग्ने बुढो युवराज भण्डारीको हास्य प्रहसन प्रस्तुत गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं. १३ की वडा सदस्य कमला विकले उद्घाटन गरेको कार्यक्रममा जागरण आमा समुहकी अध्यक्ष राधादेवि बराल (विद्या), सुमन बराललगाएतले बोलेका थिए ।
टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शिवराज बरालले गरेका थिए ।